कुलमानको मुद्दा हेर्दाहेर्दैमा

विद्युत प्राधिकरणका कार्यकारी निर्देशकबाट गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै कुलमान घिसिङले दायर गरेको रिटको सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीशद्वय डा.कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो।

प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक घिसिङ र नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले छुट्टाछुट्टै दायर गरेको रिटमा आज सँगै सुनुवाइ गर्ने पेशी तोकिएको थियो।

प्रकाशित मिति: : 2025-04-01 17:28:00

प्रतिकृया दिनुहोस्