बिएल संवाददाता
नेपालले म्यानमारमा राहत तथा मेडिकल सामग्रीहरू पठाउने भएको छ। सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले अत्यावश्यक राहत सामग्री तथा मेडिकल सामग्रीहरू नेपाल एयरलाइन्सको जहाजबाट पठाउने निर्णय गरेको हो।
चैत १५ मा म्यानमारमा ७.९ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसबाट म्यानमारमा ब्यापक जनधनको क्षति भएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म त्यहाँ कम्तीमा २ हजार भन्दा धेरै मानिस मृत फेला परिसकेका छन्।
यो भूकम्पमा परेर १७ जना नेपालीभाषीको पनि मृत्यु भएको छ। भूकम्पले म्यानमारको छिमेकी थाइल्याण्डमा पनि क्षति गरेको छ।
विश्वका विभिन्न देशहरूले राहत तथा उद्धारका लागि म्यानमार तथा थाइल्याण्डमा टोली पठाएका छन्। त्यही सिलसिलामा नेपालले पनि राहत सामग्री पठाउन थालेको हो।
राहत सामग्रीसँगै नेपालले नेपाली सेनाको चिकित्सकहरूको टोली पनि म्यानमार पठाउँदैछ। सेनाको आफ्नै जहाजबाट आवश्यक मेडिकल सामग्रीहरूसहित स्वास्थ्यकर्मीको टोली पनि म्यानमार जानेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया