राजतन्त्रविरुद्ध उर्लियो हेटौंडा एमाले

Break n Links
Break n Links

नेकपा एमाले मकवानपुरले हेटौंडामा जागरणसभा गरेको छ।

हेटौंडाको मुख्यबजार लोकतान्त्रिक चोकमा एमालेले जागरण सभाको आयोजना गरेको हो। सभा सुरु हुनु अगाडि हेटौंडा बजारको चारैतिरबाट र्‍याली निकालिएको थियो।

सोमबार हेटौंडाको पूर्वमा सानोपोखरा, पश्चिममा हेटौंडा हस्पिटल, उत्तरमा चौकीटोल ओरालो र दक्षिणमा फरेष्ट्री गरी चार स्थानबाट र्‍याली निस्किएर मेनरोडको लोकतान्त्रिक चोकमा कोणसभा गरिएको थियो।

यो पनि-

सभालाई संबोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले राजावादीको आन्दोलनमा देखिएको अराजकतामा संलग्नहरूलाई कानून बमोजिम कारवाही गर्नुपर्ने बताए।

कार्यक्रममा बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले राजावादीहरूको अराजकताले सीमा नाघेको बताए। लोकतान्त्रिक गणतन्त्रको संरक्षण र सम्वर्द्धनका लागि एमाले मकवानपुरले जागरणसभा आयोजना गरेको अध्यक्ष श्रीधर पोख्रेलले बताए। जिल्लाका १० वटै पालिकाबाट नेता, कार्यकर्ताहरू हेटौंडामा आएर गणतन्त्रको पक्षमा जागरण गराउने काम भएको हो।

यसैगरी गणतन्त्रमाथि भइरहेको प्रहारका बारेमा जनमानसलाई सचेत पार्नका लागि नेकपा एमालेले हेटौंडामा आयोजना गरेको जागरण सभाअन्तर्गत मनहरीबाट हेटौंडासम्म मोटरसाइकल र्‍याली गरिएको छ।

नेकपा एमाले मनहरी गाउँ कमिटीले व्यवस्थापनमा मोटरसाइकल र्‍याली गरिएको हो।

प्रकाशित मिति: : 2025-03-31 16:40:00

प्रतिकृया दिनुहोस्