प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित

फाइल तस्बिर
फाइल तस्बिर

प्रतिनिधिसभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। 

विपक्षी दलहरूसँग कुरा नमिलेपछि शुक्रबारको बैठक आइतबार बिहान ११ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो। 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि हटाउनुको कारण प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा दिनुपर्ने माग राख्दै बुधबारदेखि प्रतिनिधिसभा बैठकमा अवरोध गर्दै आएका छन्। 

तर प्रधानमन्त्री ओलीले भने सदनमा जवाफ नदिने सार्वजनिक कार्यक्रममा बताइसकेका छन्। 

प्रकाशित मिति: : 2025-03-28 14:14:00

प्रतिकृया दिनुहोस्