नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।
मंगलबार साँझ प्राधिकरणको कार्यालयमा उनले पदभार ग्रहण गरेका हुन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई निर्देशक नियुक्त गरेको थियो।
मंगलबार साँझतिर प्राधिकरणका कर्मचारीहरूको स्वागत पछि उनले पदभार ग्रहण गरेका हुन्।
पदभार सम्हालेसँगै उनले लोडसेडिङको हल्लामात्रै भएको र अब नहुने बताए।
‘अब घरायसी ग्राहकहरूको लोडसेडिङ हुँदैन। केही मान्छेले हल्ला चलाएका छन्। यसअघि पनि यस्तै हल्ला थियो। उद्योगहरूमा भएको लोडसेडिङ पनि हटाउँछु’ उनले भने ‘यो मेरो लागि चुनौती पनि हो र सरकारले न्याय दिएको छ। अब मेरा लागि यो अवसर पनि हो।’