बिएल संवाददाता
एमाले निकट राष्ट्रिय युवा संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई मदिराको सनकमा समाज भाँड्ने अभिव्यक्ति नदिन चेतावनी दिएको छ।
सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्ति नदिएपछि आफ्ना कर्मचारीहरूले तलबसमेत खान नपाएपछि बालेनलले सोमबार एक हप्ताभित्र अधिकृत नियुक्ति नभए सबैलाई ‘टुकुचामा गाडिदिने’ सामाजिक संजालमार्फत धम्की दिएका थिए।
बालेनको धम्कीपछि युवासंघ महानगर कमिटीले विज्ञप्ति सार्वजनिक गर्दै देशमा विखण्डनकारी शक्ति र तानाशाही शासकहरूको अवशेष सल्बलाएर धमिलो पानीमा माछा मार्ने प्रयास भइरहेका बेला बालेनको धम्की आएको भन्दै ध्यानाकर्षण भएको जनाएको हो।
युवासंघले बालेनको आफ्नै कमजोरीका कारण प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकी कर्मचारीहरुको तलब भत्ता रोकिएको दाबी गरेको छ।
‘आफ्नो पदीय जिम्मेवारी भुलेर पब र कल्बहरूमा रमाउदै सस्तो लोकप्रियता र सामजिक संजालमा लाइक बटुल्नका लागि यस्ता स्तरहीन अभिव्यक्ति नदिन र काठमाडौँ तथ्यलाई अतिरञ्जित गरी समाजलाई भड्काउने अभिव्यक्ति नदिन हामी सचेत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता आपत्तिजनक अभिव्यक्ति दिने मेयरलाई कानूनी कठघरामा उभ्याउनका लागि सरोकारवाला निकायसँग जोडदार माग गर्दछौं।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया