रंगहरूको पर्व होली वसन्त ऋतुको आगमनसँगै विभिन्न रङ खेली आपसी मेलमिलाप र सद्भावनाले मनाउने परम्परा छ।
तर रङहरूसँग खेलिरहँदा आफ्नो स्वास्थ्यको ख्याल राख्नु महत्वपूर्ण मानिन्छ।
जथाभावी रंगहरू लगाउने प्रवृतिले छालामा विभिन्न किसिमका समस्याहरु देखिने हुनाले विषेश ध्यान दिएर मात्र होली खेल्न छाला तथा यौन रोग साथै सौन्दर्य विशेषज्ञ डा.अमृता श्रेष्ठले सुझाव दिएकी छिन्।
उनले होलीमा खेलिने रङहरुले छालामा एलर्जी गराउने, चिलाउने मात्र नभएर स्वासप्रस्वास सम्बन्धि समस्यासम्म देखिने जानकारी दिइन्।
उनले भनिन्, ‘होलीमा खेलिने रङहरुले छालालाई ड्राई गराउने, एलर्जी गराउन सक्छ। चिलाउने गर्छ। साथै यसले स्वासप्रस्वास सम्बन्धि समस्यासम्म पनि ल्याउन सक्छ। त्यसैगरी कपाल र नङमा पनि असर गर्छ। हामीले रङपनि नेचुरल प्रयोग गर्नुपर्छ।’
साथै उनले आज अरु दिनहरुमा भन्दा मोईच्जराईजर र सन प्रोटेक्सन क्रिम सन्सक्रिम बढी नै लगाउने, कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्ने कपालको असर नरोहस भनेर जरादेखि टुप्पोसम्म तेल लगाउने जस्तो कार्य गर्नुपर्ने उपायहरु बताइन्।
उनले भनिन्, ‘आज मोइच्जराईजर र सन प्रोटेक्सन क्रम सन्सक्रिम अरु समयमा भन्दा अलिकति बढि नै लगाउनुपर्ने हुन्छ। कपाललाई सुरक्षित राख्न क्याप वा स्काफहरु प्रयोग गर्नुहोला। कपालको असर नरहोस भनेर जरादेखि टुप्पोसम्म तेल लगाएर मात्रै रङ खेल्न सकिन्छ।’
साथै डाक्टर श्रेष्ठले रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु हेलीको अगाडि छालामा प्रयोग नगर्न आग्रह गरिन्। यसो गर्दा छालालाई झनै ड्राई गराउने उनको भनाई छ। रंग लगाइसकेपछि जेन्टल क्लिनजरको प्रयोग गरेर छाला सफा गर्नुपर्ने उनले बताइन्।
‘रेटिनोइइड जस्तो सक्रिय अयवहरु भएको तत्वहरु होलीको अगाडि छालामा प्रयोग नगरेको नै राम्रो हो। यसले गर्दा झन ड्राई गराउँछ। फेसवासमा चाँही जेन्टल क्लिनजर प्रयोग गर्नुपर्ने छ।’
रमाइलोसँगै आफ्नो छाला जोगाएर रङ खेल्ने उपायहरू–
१.खेल्न जानुअघि कपालको जरादेखि टुप्पोसम्म तेल लगाउने तथा लामो कपाल भए जुरो बनाउने
२. छालाको लागि पुरिरभरि मोइस्चराईजर लगाउने साथै आ लाको च्याप, नङ, कानको पछाडि र आँखाको वरिपरी पनि याद गरेर लगाउनुहोला।
३. घामबाट बच्न सन्स क्रिम लगाउने र पूरा बाहुले कपडा लगाउने।
४. हाेली खेलिसकेपछि मज्जाले फिज आउने स्याम्पोले कपाल नुहाउने। र
मोइस्चराईजर लगाउनुपर्छ।