बिएल संवाददाता
विवादास्पद राजावादी अभियान्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राप्रपा नेपालका अध्यक्ष कमल थापाकै कारण नेपालबाट राजतन्त्र अन्त्य भएको आरोप लगाएका छन्।
मंगलबार भक्तपुरस्थित आफ्नै निवासमा युट्युबर भेला गरेका प्रसाईंले थापा र लिङ्देनले ०७२ मा संविधान जारी गर्दा हस्ताक्षर नगरेको भए राजसंस्था नजाने ठोकुवा गरेका हुन्।
उनी भन्छन्, ‘कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो। अहिले माहोल बनेपछि धमिलो पानीमा माछा मार्न आए उनीहरू। अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने?’
प्रसाईंले आफूले अहिले राजतन्त्रको पक्षमा माहोल बनाएपछि राप्रपाहरू ढोक्सा थाप्न आइपुगेको दाबी गरेका छन्। उनले थापा र लिङदेनको पछि आफू नलाग्ने बरु राजासँगै मिलेर आन्दोलन गर्ने बताए।
‘राजालाई सचिवालयले बिगारेको छ। हामी बनाउछौं। कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाईं रथ चलाउनू। गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न? मलाई कमजोर नआँक्नु,’ उनले भने, ‘चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे! आउनुपर्यो रे मलाई। मलाई गोठालोजस्तो सम्झिएछन्। म राजासँगै आन्दोलन गर्छु। गोठालासँग सडकमा जान्न।’
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया