पछिल्लो समय लोकगीतहरू मौलिक शैलीमा गाएर सामाजिक सञ्जालमा भाइरल राधा बादीको निधन भएको छ।
४२ वर्षीय राधिकाको आइतबार बिहान कालिकोटको पलाँता गाउँपालिका-४, थिरपुमा निधन भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ। राधिका पछिल्लो दुई दिनदेखि बिरामी थिइन्।
बाजुराको बडिमालिका नगरपालिका-२ का जोगेन्द्र बादीसँग दोस्रो विवाह गरेकी राधिकाको माइती बझाङ हो।
बाजुराको जगनाथ गाउँपालिका आसपास मादल बजाएर गीत गाउँदै हिँड्ने श्रीमान-श्रीमतीको जोडीलाई सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको थियो।
राधिकाले गाएको ‘नशा नशामा, रगत रगतमा…’ बोलको गीत फेसबुक र टिकटकमा भाइरल भएको थियो।