विष्णु पौडेल र धनराज आचार्यको सघन कक्षमा उपचार हुँदै

Break n Links
Break n Links

बेलुन पड्केर आगलागी हुँदा घाइते भएका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित  बर्न अस्पतालमा उपचार भइरहेको छ।

शनिबार पोखरामा आयोजित पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लाग्दा उनीहरू घाइते भएका थिए।

पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। दुवै जनाको सघन उपचार कक्षमा उपचार भइरहेको किर्तिपुर बर्न अस्पतालले जानकारी दिएको छ।

अस्पतालका निर्देशक डा. किरणकिशोर नकर्मीले एक विज्ञप्ति जारी गर्दै प्रारम्भिक मूल्यांकन अनुसार उनीहरूको शरीरको ५ देखि ६ प्रतिशत भाग जलेको जानकारी दिएका छन्।

तर अनुहारमा जलन भएकोले श्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिएको उनले बताएका छन्।

उनीहरूको उपचारमा प्रा.डा. विडी झा, डा. प्रविण गिरीलगायतका सघन उपचार कक्षको टोली, त्यस्तै प्रा. डा. शंकरमान राई, डा. विशाल कार्की, डा. मनिष यादवलगायतको जलन विशेषज्ञहरूको टोली र डा. प्रयुस अर्याललगायतको आकस्मिक उपचार टोली खटिएका छन्।

त्यस्तै रिना गौचन, निर्मला कुँवर, तृष्णा महर्जनलगायतको नर्सिङ्ग टोली खटाइएको छ।

प्रकाशित मिति: : 2025-02-15 18:29:00

प्रतिकृया दिनुहोस्