बिएल संवाददाता
कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि क्षेत्रको विकासमार्फत समृद्ध राष्ट्र निर्माण गर्न सरकार र मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।
शनिबार काठमाडौंमा नेपाल भेटेरिनरी एसोसिएसनले आयोजना गरेको ‘राइट टु प्रोटिन रन’ मा उनले पशुजन्य उद्योगहरुमा देखिएका हरेक समस्याहरुको समाधान गर्दै कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न प्रतिबद्ध रहेको जानकारी गराएका हुन्।
उनले भने, ‘पशुजन्य उद्योगहरुले देशको अर्थतन्त्रमा पुर्याएको योगदानको कदर गर्दै यस क्षेत्रमा देखिएका हरेक समस्याहरुको समाधान गरि कृषि क्षेत्रको विकास मार्फत समृद्ध राष्ट्र निर्माण गर्न नेपाल सरकार र मन्त्रालय प्रतिबद्ध रहेको जानकारी गराउन चहान्छु।’
यसको साथै, उनले स्वस्थ, अनुशासित तथा सक्षम नागरिक राज्यका धरोहर र राज्य निर्माणका प्रमुख आधार रहेको भन्दै यस कार्यक्रमले प्रोटिनको उत्पादन र उपभोग गर्नको जनतामा सचेतना अभिवृद्धि गर्ने विश्वास लिएको बताए।
उनले भने, ‘स्वस्थ, अनुशासित तथा सक्षम नागरिक राज्यका धरोहर र राज्य निर्माणका प्रमुख आधार हुन्। नागरिकलाई शारिरिक र मानसिक रुपमा स्वस्थ राखी राष्ट्रिय एकता कायम गरि विकासको अभियानमा अभिप्रेरित गर्दै एकजुट बनाउन खेलकुदको महत्वपूर्ण योगदान रहेको छ। आजको कार्यक्रमले प्रोटिनको उत्पादन र उपभोग गर्नको लागि जनतामा सचेतना अभिवृद्धि गर्छ भन्ने विश्वास लिएको छु।’
उनले सहभागिता र पुरस्कार राशिका आधारमा नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेकोमा आयोजकहरुलाई धन्यवाद दिदैँ आगामी संस्करणको लागि समेत नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गरेका छन्।
उनले भने, ‘अमूल्य सम्पत्तीका रुपमा रहेका नागरिकहरुलाई स्वस्थ राखी राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि एंव राष्ट्रिय एकता कायम, खाद्य सुरक्षाको हक सुनिश्चित र दिगो विकासका लक्ष्यहरु प्राप्त गर्न प्रोटिनजन्य पदार्थमा पहुँच बढाउनका लागि जनचेतना फैलाउने उद्देश्यले करिब ७ हजारदेखि १० हजार जना सहभागी रहेको र सहभागिता र पुरस्कार राशिका आधारमा नेपालकै सबैभन्दा ठूलो प्रतियोगिता आयोजना गरेको धन्यवाद दिन चाहान्छु र आगामी संस्करणको लागि समेत नेपाल सरकारको तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया