सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’

राष्ट्रिय गौरवको आयोजनाको रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङ छिचोलिएको (‘ब्रेक थ्रु’) भएको छ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त सुरुङमार्गको भर्चुअल प्रविधिबाट ब्रेक थ्रु गरेका हुन्। 

भौतिक पूर्वाधारको क्षेत्रमा नौलो अभ्यास मानिएको सुरूङमार्गको ब्रेक थ्रुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आयोजनाले उत्सवको रूपमा कार्यक्रम आयोजना गरेको हो।

सो अवसरमा भर्चुअल माध्यमबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देश अहिले सुरूङ युगमा प्रवेश गरेको बताए।

प्रकाशित मिति: : 2025-01-24 16:10:00

प्रतिकृया दिनुहोस्