बिएल संवाददाता
पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ।
पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो।
पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।
विकास निर्माणका कार्यमा अवरोध नगर्ने साझा समझदारीका साथ सुरक्षा निकाय, महानगर प्रहरी, र निर्माण कम्पनीको सहकार्यमा यो कार्य सम्पन्न भएको मेयर आचार्यले बताए। तर उक्त स्वागत गेट भत्काइएकोमा सामाजिक सञ्ञालमार्फत आफूलाई धम्की आएको पनि मेयर आचार्यले दाबी गरे।
उनले उपयुक्त स्थानमा उचित समयमा ऐतिहासिकता कायम नै रहने गरी स्वागत गेट पुनर्निर्माण गरिने प्रतिबद्धता जनाए।
मेयर आचार्यले पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्ड आगामी तीन महिनाभित्र एकतर्फी बनिसक्ने दाबी गरे। उनले त्यसका लागि ठेकेदार कम्पनीलाई दबाब दिने काम भैरहेको बताए।
मुग्लिन–पोखरा यसै क्रममा पृथ्वी राजमार्गको एकतर्फी मार्ग विस्तार तीव्र गतिमा अगाडि बढाइएको छ।
पोखरा महानगरपालिकाले सबै सरोकारवालालाई विकास र पूर्वाधार निर्माणका लागि सहकार्य गर्न आह्वान गर्दै व्यवस्थित र समृद्ध पोखरा निर्माणमा साथ दिन आग्रह गरेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया