संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित लस एन्जलसमा भीषण डढेलोमा परी मृत्यु हुनेकाे सङ्ख्या २४ पुगेको छ।
एक साताअघिदेखि लागेकाे डढेलोमा परी हालसम्म २४ जनाकाे मृत्यु भएकाे र १६ जनाको हराइरहेको बीबीसीले जनाएकाे छ।
अग्नि नियन्त्रकहरू झन्डै एक सातादेखि उक्त डढेलो नियन्त्रणको प्रयास गरिरहेका छन्। तर हालसम्म डढेलोमा पूर्ण रूपमा नियन्त्रण हुन सकेकाे छैन।
क्यालिफोर्नियाका मौसम पूर्वानुमानकर्ताहरूले फेरि ठूलो हुरीको चेतावनी दिएकाे छ। यससँगै त्यहाँ लागेको आगो यो साता फेरि उग्र रूपमा फैलिने आशंका गरिएकाे छ।
बीबीसीका अनुसार दक्षिण क्यालिफोर्निया क्षेत्रमा १४ हजार अग्नि नियन्त्रकहरूले डढेलो नियन्त्रणकाे प्रयास गरिरहेका छन् भने उनीलाई ८४ वटा विमान र १ हजार ३५४ वटा दमकलहरूले सघाइरहेका छन्।