बिएल संवाददाता
नेपाली कांग्रेसले माघ २ गते ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्नेे भएको छ।
आइतबार सूचना जारी गर्दै कांग्रेसले शिक्षा नीति बहसअन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभाहलमा ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो ।
सूचनामा भनिएको छ, ‘अहिले संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशिघ्र टुंगोमा पुर्याउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ। विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ। त्यसै सन्दर्भमा शिक्षा नीति बहसअन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली कांग्रेस केन्द्रीय कार्यालयको सभाहलमा ‘विद्यालय शिक्षा विधेयक र सरोकार’ विमर्श कार्यक्रम आयोजना गरिने छ।’
शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला नीति र प्राथमिकतामा पनि रुपान्तरण महसुस गरेको कांग्रेसले जनाएको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया