राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पोखराबाट स्थलमार्ग हुँदै काठमाडौँका लागि हिँडेका छन्।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने शुक्रबार दिउँसाे पोखराबाट गाडीमै काठमाडौँका लागि हिँडेकाे रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए।
उनी हवाइ मार्गबाट काठमाडौँ आउने भनिए पनि फ्लाइट क्यान्सिल गरेर नेता कार्यकर्तासँगै स्थलमार्गबाट काठमाडौँ आउन लागेका हुन्।
उनी कास्कीमा आवश्यक कानुनी कार्यहरू काठमाडौँतर्फ लागेकाे आइतबार बिहानै ८:३० मा काठमाडौँ जिल्ला अदालतमा हाजिर हुने रास्वपाका केन्द्रीय सदस्य दीपक बाेहाेराले जानकारी दिए।
जिल्ला अदालत कास्कीले तोकेको ६५ लाख रुपैयाँ धरौटी बैंक ग्यारेन्टी राखेर बिहीबार राति हिरासतमुक्त भएका थिए।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेर मुद्दा चलाएको छ। उनी आफैं अदालतमा उपस्थित हुने बताएपछि प्रहरी पुन: पक्राउ नगरेकाे हाे।
गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका उनलाई पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।