एउटा फिल्मले बदलिएको थियो फराह खानको जीवन

डायरेक्टर, प्रोड्युसर र कोरियोग्राफर फराह खानले केही समयअघि मात्र आफ्नो ६०औं जन्मदिन मनाएकी छिन्। 

यसैबीच अहिले उनको पुरानो भिडियो भाइरल भइरहेको छ। त्यो भिडियोमा उनले आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छिन्। 

फराहले बताएअनुसार उनको जीवनमा धेरै समस्याहरू थिए। कुनै समय यसतो पनि थियो, जब उनीसँग घर चलाउन पैसा समेत हुँदैन थियो। 

आफ्नो बाल्यकालमा धेरै मुश्किल रहेको बताउँदै उनले आफ्नो दुःख र अभिभावकको डिर्भोस देखेर हुर्किएको बताइन्। त्यही चिजहरूले पनि आफूलाई मजबुद बनाएको उनको ठम्याइ छ। 

जब उनी १५ वर्षकी थिइन् त्यतिबेला उनको बुबाको मृत्यु भयो। पितालाई गुमाएपछि घरको सबै जिम्मेवारी उनको काँध आइपर्यो। 

उनले भनेकी थिइन्, ‘पहिले घरको अवस्था ठिक थियो। मेरो बुबा डायरेक्ट हुनुहुन्थ्यो। त्योबेला परिवारमा कुनै चिजको कमी थिएन। तर फेरि एउटा फिल्मले सबैको जन्दिगी बदलदियो।’

जब उनका बुबाले एउटा फिल्म बनाएका थिए। त्यतिबेला धेरै खर्च गरे, तर जब त्यो फिल्म सिनेमा घरमा रिलिज भयो। नराम्रोसँगले फ्लप भयो। 

त्यसपछि उनीहरूको परिवारको हालत नराम्रोसँग बिग्रियो। फिल्म चलेपछि उनका पिताले रक्सी पिउन थाले। र, त्यहीकारण उनको मृत्यु भयो। मृत्यु हुँदा पिताको गोजीमा मात्र ३० रुपैयाँ थियो। 

जीन्दगीमा त्यस्तो अवस्था आएपछि मानिस बदल्ने उनको बुझाइ छ। मनभरि नकारात्मक सोच आउने बताउँछिन् उनी। तर उनको मनमा भने सधैं राम्रो सम्झना मात्र आइरह्यो। 

उनले आफ्नो भाइ साजिद खानको पनि कुरा सुनाएकी थिइन्। उनले र साजिदले सधैं हाँसेको कुरा मात्र सम्झिएको फराहले बताइन्। 

खासमा, फराहले बैकग्राउण्ड डान्सरबाट आफ्नो करिअरको सुरुआत गरेकी थिइन्। उनले कोरियोग्राफीको लागि ६ पटक फिल्मफियरको बेस्ट अवार्ड पनि जितेकी छन्। 

त्यसपछि उनले फिल्म ‘में हुँ ना’ पनि डायरेक्ट गरेकी थिइन्। उक्त फिल्म ब्लकबबस्टर साबित भयो। र, त्यही फिल्मले उनलाई डायरेक्टर बनायो। त्यसपछि उनले कयौं फिल्महरूलाई डायरेक्ट गर्न थालिन्। 

प्रकाशित मिति: : 2025-01-10 14:27:00

प्रतिकृया दिनुहोस्