मंगलबार चीनमा गएको भूकम्पमा ज्यान गुमाएकाकाे शान्ति र घाइते भएकाकाे स्वास्थ्य लाभकाे कामना गर्दै भारतकाे मेन्नी गुम्बामा पूजा भएको छ।
बाेन धर्मावलम्बीहरूले भारतको दोलन्जीमा रहेको प्रमुख गुम्बा मेन्री गुम्बामा पूजा गरेका हुन्।
पूजामा बोन धर्मका प्रमुख ३४औं मेन्री ठिन्जीन रिम्पोछे, मेन्री पोल्लभ रिम्पोछे र मेन्री घेसेहरूको सहभागितामा रहेको थियो।
मंगलबार चीनको दिङ्गे केन्द्रबिन्दू भएर ७ म्याग्नेच्युडकाे भूकम्प गएको थियाे।
नेपाली समयअनुसार बिहान ६:५० बजे गएको भूकम्पमा परी चीनमा १२६ जनाको मृत्यु भएको छ भने ७०० बढी घाइते छन्।
दिङ्गे केन्द्रबिन्दू भएर गएको भूकम्पकाे नेपालसहित भारतकाे केही क्षेत्रमा धक्का महसुर भएको थियाे।
नेपालमा भूकम्पले १३ जना घाइते भएका थिए भने १४ घरमा आंशिक र पूर्ण क्षति भएको थियाे।