बुधबार, २७ अगस्ट २०२५

भूकम्पमा परी नेपालमा १३ जना घाइते, १४ घरमा क्षति

तस्बिर: चीनमा भत्किएको घर
• • •

चीनको दिङ्गे केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी नेपालमा १३ जना घाइते भएका छन्।

सबैभन्दा बढी बारामा ११ जना, काठमाडौँ र काभ्रेपलाञ्चोकमा एक–एक गरी १३ जना घाइते भएका हुन्।  

उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ। 

बिहान ६ बजेर ५० मिनेटमा गएको ७ म्याग्नेच्युडको भूकम्पले देशका विभिन्न ठाउँमा भाैतिक क्षति पनि गरेको छ। 

प्रहरीकाअनुसार सोलुखुम्बुमा ५ घर, ओखलढुंगामा ३ घर, ताप्लेजुङमा ३, संखुवासभा, सिन्धुपाल्चोक र रामेछापमा एक–एक गरी १४ घरमा क्षेति पुगेको छ। 

याे पनि– तिब्बत भूकम्प: कम्तीमा ९५ जनाकाे मृत्यु, १३० घाइते

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!