मंगलबार बिहान गएको भूकम्पमा परी चीनमा मृत्यु हुनेकाे संख्या ९५ जना पुगेकाे छ।
चीनिया समाचार संस्थाहरूले लेखेअनुसार तिब्बतको शिगात्से सहरमा घरहरू भत्किएको छ। जसका कारण हालसम्म ९५ जनाको मृत्यु भएको पुष्टि भएको छ।
१३० बढी स्थानीय घाइते भएको समाचार संस्थाहरूले लेखेका छन्। यो अझै बढ्ने आँकलन भइरहेको छ। अहिले चिनिया जनमुक्ति सेना उद्धारमा खटिएको छ।
भूकम्प गएपछि अहिले शिगात्से सहरमा विद्युत् र जल वितरण प्रणाली अवरुद्ध भएको छ।
चीनको सयमअनुसार बिहान ९:५ बजे त्यहाँको दिङ्गे केन्द्रविन्दु भएर ६.८ म्याग्नेच्युडको भूकम्प गएको थियाे।
नेपाली समयअनुसार बिहान ६:५० बजे भूकम्प गएको हाे। नेपालकाे भूकम्प मापन केन्द्रमा ७ म्याग्नेच्युडको भूकम्प मापन भएको छ।
भूकम्पको कम्पन चीनसँगै नेपाल र भारतसम्म पुगेको छ।
निरन्तर अपडेट....