सोमबार, १५ डिसेम्बर २०२५

लेखा समिति सभापतिका पूर्व स्वकीय सचिव अनिल पाेखरेलविरुद्ध पक्राउ पुर्जी जारी

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव अनिल कुमार पोखरेलविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।

ठगी गरी अपराधिक लाभ लिएको मुद्दामा पोखरेललाई सोमबार पक्राउ गरी अनुसन्धान गर्न मोरङ अदालतले अनुमति दिएको हाे। 

२०७९ सालको निर्वाचनमा एमाले मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका अनिल प्रदेशसभा सदस्य उम्मेदवारका लागि सिफारिसमा परेका थिए।

एमबीबीएसको प्रवेश परीक्षामा नाम निकालिदिने भन्दै मोरङको रंगेली नगरपालिका-२ घर भई हाल काठमाडौँ बस्ने अनिललाई सप्तरीका बौआलाल चौधरीबाट ३८ लाख ३० हजार रुपैयाँ लिएको आरोप छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!