सर्वेन्द्र खनालले किन छाडे एमाले?

File Photo
File Photo

नेपाल प्रहरीका पूर्वप्रहरी महानिरिक्षक एवम् एमाले नेता सर्वेन्द्र खनालले आफू स्वतन्त्र भएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै पूर्वआइजीपी खनालले आफू स्वतन्त्र भएको घोषणा गरेका हुन्।

आफ्ना आफन्त एवम् शुभचिन्तकहरु आफ्नो राजनीतिक स्थितिबारे अन्योलमा परेको उल्लेख गर्दै एमाले नेतासमेत रहेका खनालले लेखेका छन्, ‘म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु।’

खनालले आफू राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र राष्ट्रलाई महान बनाउन आफू र आफ्नो सम्पूर्ण प्रयास जारी रहने प्रतिबद्धता व्यक्त गर्दै खनालले भनेका छन्, ‘म देश र जनताको हितका लागि सधैं लडिरहनेछु।’

पूर्वआइजीपी खनाल एमालेमा प्रवेश गरेर तनहुँबाट प्रतिनिधिसभा चुनावमा एमालेका उम्मेदवार बनी रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. स्वर्णिम वाग्लेसँग पराजित भएका थिए।

उनले लेखेका छन्, ‘हजुरहरु मेरो राजनीतिक स्थिति बारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यम बाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनैतिक पार्टीसँग आवद्ध छैन। म स्वतन्त्र रुपमा स्थानीय र राष्ट्रिय समस्याहरूको समाधानका लागि काम गरिरहेको छु। राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ। म देश र जनताको हितका लागि सधैं लडिरहनेछु धन्यवाद।’

प्रकाशित मिति: : 2025-01-05 10:47:00

प्रतिकृया दिनुहोस्