बिएल संवाददाता
हुम्लाको सिमकोट गाउँपालिका–४ को पावरहाउस नजिक एक युवकको शव फेला परेकाे छ।
पावरहाउस नजिक रहेको भदुखोलामा हेल्दुम गाउँका अन्दाजी ३८ वर्षीय चिरञ्जीवी शाही मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक रवीन्द्र खनालले बताए।
हेल्दुम गाउँका स्थानीय नरेन्द्र शाहीले खोलामा बेवारिसे शव भेटाएको भन्ने जानकारी प्रहरीलाई दिएलगत्तै प्रहरी निरिक्षक सुरेश सुवेदी नेतृत्वको टोली घटनास्थलतर्फ पुगेको थियो।
भदुखोलाको ५० मिटर टाढा भेटिएको शव माथिल्लो शरीर पानीमा डुबेको र शरीरको तल्लो भाग मात्रै देखिएको थियो। उक्त शवलाई शनिबार सदरमुकाम सिमकोट ल्याउने प्रहरीले जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया