पदमुक्त भएका दक्षिण कोरियाका राष्ट्रपतिलाई किन गर्न खाेजिदै छ पक्राउ?

Break n Links
Break n Links

विभिन्न अवरोधका कारण दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति यून सुक यउललाई पक्राउ गर्ने प्रयास तत्कालका लागि स्थगित भएको छ।

जसका कारण सोलमा रहेको राष्ट्रपतिको निवासमा अनुसन्धानकर्ताहरूले ठूलो प्रतिरोधको सामना गरेपछि नियन्त्रणमा लिने प्रयास असफल भएको हो। 

उनलाई पक्राउ गर्न भनेर पुगेका अनुसन्धाताहरूलाई ६ घन्टासम्म पनि यउलका सुरक्षा टोलीले भित्र छिर्न नदिएपछि पक्राउको प्रयास असफल भएको हो।

अभियोजक र अन्वेषकहरूको समूह अल्पकालीन मार्शल कानून घोषणामा महाभियोग लगाइएको राष्ट्रपतिलाई गिरफ्तार गर्न गएको थियो। तर राष्ट्रपति सुरक्षा सेवा एजेन्टहरूसँगको टकरावपछि, उनीहरूले  गिरफ्तारी प्रयास रोकेका थिए।

उच्च पदाधिकारीहरूका लागि भ्रष्टाचार अनुसन्धान कार्यालय (सीआईओ)का अनुसार निरन्तरको टकरावले युन विरुद्ध पक्राउ पुर्जी कार्यान्वयन गर्न असम्भव भएको छ।

डिसेम्बर ३ मा ६ घन्टा मार्शल लगाउने यउलको प्रयासमाथि सिआईओले छानबिन गरिरहेको छ। उनले कानुनी प्रक्रिया नमान्नु अति नै खेदजनक भएको सिआईओ भनाइ छ। यउलका समर्थकहरू उनको आवासबाहिर धर्ना दिएर बसिरहेका छन्।

‘आज बिहान युनका समर्थकहरू केही सयको संख्यामा मात्र थिए। तर जब प्रहरी निवासको नजिक गयो त्यसपछि भीड बढेको थियो। वारेन्ट म्याद सकिन लागेको छ। सोमबार म्याद सकिनेछ। १२० जना प्रहरी र भ्रष्टाचार अनुसन्धान कार्यालयका चारजना वरिष्ठ अधिकारीसहित गएकाहरु राष्ट्रपति सुरक्षा गार्डद्वारा रोकिएको छ,’ चाइना ग्लोबल टेलिभिजन नेटवर्क (सीजीटीएन)संवाददाता ज्याक बार्टनले शुक्रबार घटनास्थलबाट भने। 

युनका समर्थकहरूले बिहीबारदेखि नै राष्ट्रपति निवास वरिपरि चर्को श्रपमा जुलुस गरिरहेका छन् र प्रहरीले भीडलाई तितरबितर पार्ने प्रयास पारिरहेको छ। शुक्रबार गिरफ्तारीको प्रयास त्यागेपछि, सीआईओले  समीक्षापछि भविष्यका उपायहरूको बारेमा निर्णय गर्ने बताएको छ।

-एजेन्सीकाे सहयाेगमा

याे पनि-

दक्षिण कोरियाका निलम्बित राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी

दक्षिण काेरियाका कार्यवाहक राष्ट्रपतिमाथि पनि महाभियाेग

प्रकाशित मिति: : 2025-01-03 19:29:00

प्रतिकृया दिनुहोस्