बिएल संवाददाता
कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पाले नेपाललाई विश्वसामू चिनाउने आफ्नो सपना पूरा भएको बताएका छन्।
अर्जेन्टिनामा रहेको अकोन्कागुवा हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्ताे बताएका हुन्।
उनले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए।
उनले भने, ‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो लगभग पूरा भएको छ। हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ। विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौँ भन्ने प्रमाणित गर्न सक्नुपर्छ।’
यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अफ्ठयारो नभएको बताए।
उनले अक्सिजन बिना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया