सवारी साधनकाे ऐनामाथि, सिसाका अगाडि झल्लर तथा ध्वजा पतङ्गाहरू झुण्ड्याउने सवारी चालकलाई ट्राफिक प्रहरीले कारबाही थालेकाे छ।
पूर्व–पश्चिम रागमार्ग सुरक्षा याेजनाअन्तर्गत चितवन ट्राफिक प्रहरीले यस्ताे कारबाही थालेकाे हाे। प्रहरीले बागमती प्रदेशभर गुड्ने सवारी साधनहरूमा अनुगमनन गर्दै झल्लर तथा ध्वजा पतङ्गाहरू झुण्ड्याउनेलाई कारबाही गरेकाे छ।
गएकाे ३ दिनको अवधिमा बागमती प्रदेशका १० जिल्लाहरूमा गुड्ने साना–ठुला सवारी साधन गरी जम्मा ६ सय ३ वटा सवारी साधनमा लगाइएको झल्लर तथा ध्वजा पतङ्गा प्रहरीले हटाएकाे छ।
गाडिको सिसामाथि झुण्ड्याइएको झल्लरले चालकलाई अवरोध सृजना गर्ने भएकाले आपतकालीन अवस्थामा दुर्घटना हुन सक्ने जोखिम भएकाले हटाइएकाे प्रहरीले बताएकाे छ।
साथै प्रहरीले सवारी सधानमा राखिएकाे प्रेसर हर्न र स्टिकरसमेत हटाएकाे छ।
सवारी साधनको छड्के चेक गर्दा लागुपदार्थ सेवन गरेर सवारी साधन चलाएको पाइएपछि त्यस्ता ३१ जना चालकहरूलाई पक्राउ गरी कारबाही गरेकाे पनि प्रहरीकाे भनाइ छ।