बिएल संवाददाता
दक्षिण कोरियामा भएको जेजु एयरको विमान दुर्घटनामा १७९ जनाकाे मृत्यु भएकाे छ।
६ जना चालक दलका सदस्य र १७५ जना यात्रु बाेकेर थाइल्याण्डको बैंककबाट फर्किएको जेजु एयरको बोइङ ७३७ विमानमा दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा आइतबार बिहान दुर्घटनामा परेको थियाे।
१८१ जनामध्ये २ जनामात्र बाँच्न सफल भएको र अरु सबैले ज्यान गुमाएपछि जेजु एयरलाइन्सले विज्ञप्ति नै निकालेर माफी मागेको छ।

‘मुआन एयरपोर्टमा भएको यस दुर्घटनामा परी ठूलो नोक्सानी भएको सबैमा हामी जेजु एयरको शिर झुकाएर माफी चाहन्छौँ’, विज्ञप्तिमा भनिएको छ, ‘हामी यस घटनाको वास्तविकता बताउन हरसम्भव प्रयास गर्नेछौँ। हामी यस घटनाका लागि क्षमाप्रार्थी छौँ।’
दुर्घटनाग्रस्त विमानबाट दुई जनाको भग्नावशेषबाट जीवितै उद्दार गरिएको थियो। उनीहरुको उपचार भइरहेको अधिकारीअरुले जनाएका छन्। दुर्घटनाको कारण खुल्न सकेको छैन।

बीबीसीका अनुसार दक्षिण पश्चिममा पर्ने मुआन विमानस्थलको रन वेबाट घिस्रिएको उक्त विमान पर्खालमा ठोक्किएको थियो।
विमानमा १७३ जना दक्षिण कोरियाका नागरिक र दुई जना थाई नागरिकहरू रहेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया