बिएल संवाददाता
अजरबैजानको एउटा यात्रुवाहक जहाज कजाकिस्तानमा दुर्घटनामा परेको छ।
राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ उडेकाे अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२-८२४३ को जहाज बुधबार बिहान कजाकिस्तानकाे अक्ताउ क्षेत्रनजिकै खसेको बीबीसीले जनाएको छ।
जहाजमा ६२ जना यात्रु र ५ जना चालकदलका सदस्यहरू रहेको बताइएको छ।
प्रारम्भिक जानकारीअनुसार २५ जना यात्रुकाे जीवितै उद्धार गरिएकाे छ। त्यसमध्ये २२ जनालाई अस्पताल पुर्याइएको स्थानीय अधिकारीहरूले बताएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार कुहिरोका कारण उक्त जहाजलाई कजाकिस्तानकतर्फ मोडिएको थियाे।
अजरबैजान एअरलाइन्सले हालसम्म उक्त घटनाबारे केही पनि नबताएको बीबीसीले जनाएकाे छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया