नेपाल महर्षि वैदिक फाउण्डेशनले विश्व ध्यान दिवस मनाउँदै

Break n Links
Break n Links

नेपाल महर्षि वैदिक फाउण्डेशनले विश्व ध्यान दिवस मनाउने भएको छ। 

शनिबार बिहानको ८ः४५ बजेदेखि महर्षि वैदिक इन्स्टिच्युट, ब्रह्मानन्द सरस्वती ग्राममा सामूहिक ध्यान दिवस मनाउन लागेकाे संस्थाका अध्यक्षा दीपकप्रकाश बास्काेटाले बताए। 

हिंसा र संघर्षजस्ता नकारात्क समाजिक प्रवृत्तिहरूलाई घटाउन र शान्ति फैलाउन ध्यान आवश्यक रहेको डां नादर बताउँछन्। 

उनका अनुसार सामूहिक भावातीन ध्यानले समाज र विश्वमा दीर्घकालीन शान्ति ल्याउँछ। त्यसैले उनी चाहे जुनसुकै ध्यान विधिको अभ्यास गरिरहेपनि सामूहिक प्रयासमा भाग लिन आग्रह गर्छन्।

भविष्यमा संसारभरिका ठूला, स्थायी ध्यान समूहहरूको स्थापना गर्ने सामूहिक चेतनामा पर्याप्त सहसम्बदद्धता स्थापना गरेर विश्वमा दीर्घकालीन शान्ति ल्याउने डा. नादरको चाहना छ। 

शनिबार हुने ध्यान कार्यक्रममा सामूहिक रुपमा सहभागी हुन र अनुकुल नभए जुम प्रविधिमार्फत अन्तराष्ट्रिय सामूहिक ध्यानमा सहभागी हुने नेपाल महर्षि वैदिक फाउण्डेशनले सार्वजनिक रुपमा आह्रवान गरेको छ। 

प्रकाशित मिति: : 2024-12-20 18:41:00

प्रतिकृया दिनुहोस्