महान्यायाधिवक्ता रमेश बडालले वातावरण र विकास परस्परमा जोडिएको विषय भएको बताएका छन्।
काठमाडौंमा आयोजना भएको ‘नेपाल वैकल्पिक विवाद समाधान सप्ताह २०२४’ को समापन समारोहलाई सम्बोधन गर्दै उनले वातावरण र विकासलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।
समापन समारोहमा बोल्दै महान्यायाधिवक्त्ता बडालले भने, ‘वातावरण र विकासका कुरासँगै हुने हुन्। वातावरणको कुरा गर्दा विकासलाई बिर्सिनु हुँदैन र विकासको कुरा गर्दा वातावरण संरक्षणको विषय पनि छुटाउनु हुँदैन।’
उनले वातावरणीय संरक्षण र विकासात्मक प्रयासलाई सन्तुलित ढंगले अघि बढाउन सकिने उपायहरू खोज्नुपर्नेमा जोड दिए।
उनले वैकल्पिक विवाद समाधानको आवश्यकता र त्यसले विकास तथा वातावरणीय चुनौतीहरूको सामना गर्न कसरी सहयोग पुर्याउन सक्छ भन्ने विषयमा पनि चर्चा गरे।