बिएल संवाददाता
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा आज हुने दोस्रो खेलमा चितवन राइनोजले टस जितेको छ।
टियु क्रिकेट मैदानमा चितवनका कप्तान कुशल मल्लले जनकपुर बोल्ट्सविरुद्ध टस जितेर ब्याटिङ रोजेका छन्।
जनकपुर अनिल शाहको कप्तानीमा मैदानमा हुनेछ भने चितवन कप्तान कुशल मल्लको कप्तानीमा मैदानमा हुनेछ।
अबको एक हारले प्लेअफ दौड कठिन बन्ने चितवनलाई आजको खेल जित्नैपर्ने दबाब छ। तालिकाको शीर्ष स्थानको जनकपुर भने आजको खेलमा जित निकाल्दै तालिकाको दोस्रो स्थानको सदूरपश्चिमसँग अंक बढाउन चाहन्छ। जनकपुरले १० अंक जोडिसकेको छ भने दोस्रो स्थानको सुदूरपश्चिमको आठ अंक छ।
चितवन भने ६ अंकसहित चौथो स्थानमा छ। चितवन र जनकपुरका लागि आजको खेल नै अन्तिम हो। सुदूरपश्चिमले दुई खेल खेल्न बाँकी छ भने कर्णालीले एक खेल खेल्न बाँकी छ।
एनपील तालिकामा पोखरा र काठमाडौंको समान चारचार अंक छ। विराटनगरको चार अंक भए पनि रनरेटका आधारमा अगाडि छ।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया