बिएल संवाददाता
पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पोखरा लगिएको छ।
पर्साको सानो पाइला सहकारी ठगी प्रकरणमा बयान सकिएपछि लामिछानेलाई बुधबार वीरगञ्जबाट काठमाडाैँ हुँदै बुद्ध एयरको जहाजमार्फत पोखरा लगिएको हाे।
कास्की प्रहरीको हिरासतमा रहेका उनलाई बयानका लागि सोमबार पोखराबाट काठमाडौँ र काठमाडौँबाट बुद्ध एयरको जहाजमार्फत सिमरा पुर्याइएको थियाे। पर्सामा बयान सकिएपछि लामिछानेलाई पुन: पोखरा पठाइएकाे हाे।
रविसँगै उनकी पत्नी निकिता पौडेल पनि साेही जहाजमा पोखरा गएकी छन्।
लामिछानेमाथि सानो पाइला सहकारीसँगै बुटवलको सुप्रिम सहकारी, कास्कीको सूर्यदर्शन सहकारी, चितवनको साहारा सहकारीलगायतको रकम हिनामिनामा गरेकाे आरोप छ।
उनीमाथि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध आरोपमा अनुसन्धानमा भइरहेकाे छ।
गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेलाई सहकारीको रकम अपचलन र संगठित अपराधमा गत कात्तिक २ गते पक्राउ गरिएकाे थियाे।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया