बाजुरमा स्कारपियाे दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएकाे छ। तीन जना घाइते भएका छन्।
मृत्यु हुनेमा कञ्चनपुरकाे भीमदत्त नगरपालिका–१७ की ३१ वर्षीया गायत्री पन्त र भीमदत्त–१८ कै राधिका भट्ट रहेका छन्। गायत्रीकाे घटनास्थलमै र साधिकाकाे उपचारका क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए।
दुर्घटनामा बाजुराकाे गौमुल गाउँपालिका–४ का २५ वर्षीय रमेश धामी, कञ्चनपुरको कृष्णपुर–५ का मोहनदेव भट्ट र भीमदत्त–१७ का ३९ वर्षीय लोकेन्द्र पन्त घाइते भएका छन्। उनीहरूकाे अहिले जिल्ला अस्पताल बाजुरमा उपचार भइरहेको छ।
बाजुराकाे बडीमालिका नगरपालिका–८ मा रहेको मालिका मन्दिरमा दर्शन गरेर फर्किने क्रममा मार्तडी कोल्टी सडक खण्डमा सुपप्र ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो आइतबार दिउँसाे दुर्घटना भएको हाे।