सोमबार, १५ डिसेम्बर २०२५

सुदूरपश्चिमले बनायाे अहिलेसम्मकै उच्च स्काेर, सन्दीप विकेटविहीन

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
Break n Links
• • •

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा दीपेन्द्रसिंह ऐरी कप्तान रहेकाे सुदूरपश्चिम राेयल्सले सन्दीप लामिछाने कप्तान रहेकाे विराटनगर किङ्ग्सलाई १८३ रनकाे लक्ष्य दिएकाे छ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे सुदूरपश्चिमले निर्धारित २० ओभरमा  ७ विकेट गुमाएर १८२ रन बनाएकाे हाे। याे जारी एनपिएलकाे अहिलेसम्मकै उच्च स्काेर हाे।

सुदूरपश्चिमका लागि कप्तान ऐरीले अर्धशतक प्रहार गरे। उनले २४ बलमा ५ छक्का र ३ चाैका प्रहार गर्दै अविजित ५७ रन जाेडे।

त्यस्तै ब्रैंडन मैकमुलेनले ३६, विनाेद भण्डारीले २३, इशान पाण्डेले २१, शाइफ जाइफले १४ रन प्रहार गरे।

विराटनगरका अनिल खरेलले ३ विकेट लिए। भने, क्रिस साेल, इमात आलम र बसिर अहेदले १-१ विकेट लिए।

कप्तान सन्दीप लामिछाने भने विकेट विहीन रहन पुगे। उनले पहिलाे खेलमा पनि जनकपुर बाेल्ड्सविरूद्ध विकेट हात पार्न सकेका थिएनन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!