बिएल संवाददाता
राेल्पामा सुनछहारी गाउँपालिकामा ढिस्काेले पुरिँदा पुल निर्माण गर्न खटिएका ५ मजदुरकाे मृत्यु भएकाे छ। मृत्यु हुनेमा सुनछहरी गाउँपालिका-३ बाहिरी गामका ४५ वर्षीय विजमान परियार, ३१ वर्षीय ओम परियार, ४० वर्षीया सुवित्रा परियार, ६६ वर्षीय देवीराम परियार र २७ वर्षीया आइती परियार रहेका छन्।
आइतबार बिहान पाैने १० बजे सुनछहरी गाउँपालिका ३ मौलाबाङ र बाहिरीगाम जोड्ने झोलुङ्गे पुल निर्माणको लागि खाल्डोमा काम गर्दै गर्दा माथिबाट आएकाे ढिस्काेले पुरिएर उनीहरू पुरिएका थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्स्पेक्टर विजय चापागाईंकाअुसार उनीहरू खोल्डाेभित्र पर्खाल लगाउने काम गरिरहेका थिए। त्यस समयमा माथिबाट ढिस्काे खसेकाे थियाे।
शवलाई रोल्पा अस्पताल लैजाने तयारी भइरहेकाे छ।
–अपडेट
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया