आइतबार, १९ अप्रिल २०२६

संखुवासभामा खुकुरी प्रहार गरी एक जनाको हत्या

Symbolic photo
• • •

संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ।

जिल्लाकाे उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवामा खुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएकाे छ।

गएराति खुकुरी प्रहारबाट गम्भीर घाइते भएका भोटेको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु भएको हाे।

हत्यामा संलग्न भएको आरोप सोही ठाउँका ६१ वर्षीय छाङवा भोटेलाई आज बिहान भोटखोलाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!