बिएल संवाददाता
इरानले लेबनानमा भएको युद्धविराम अवधिभर स्ट्रेट अफ होर्मुज जलमार्ग खुला गर्ने घोषणा गरेको छ।
इरानका विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा भएको १० दिनको युद्धविराम अवधिभर होर्मुज जलघाँटी ‘पूर्ण रूपमा खुला’ रहने बताएका हुन्।
अराघचीले सो अवधिभर सबै व्यावसायिक जहाजहरूलाई होर्मुज जलमार्गबाट आवतजावत गर्न अनुमति दिइएको एक्समार्फत बताएका छन्।
उनले भनेका छन्, ‘लेबनानमा भएको युद्धविरामअनुसार, होर्मुज जलघाँटी हुँदै सबै व्यावसायिक जहाजहरूको आवागमनलाई युद्धविरामको बाँकी अवधिसम्म पूर्ण रूपमा खुला घोषणा गरिएको छ। यो आवागमन इरान इस्लामिक गणतन्त्रको बन्दरगाह तथा समुद्री संगठनले पहिले नै घोषणा गरेको समन्वित मार्गअनुसार सञ्चालन हुनेछ।’
इरानको यो घोषणाले विश्वभर गहिरिएको इन्धन सङ्कट समाधान हुने अपेक्षा गरिएको छ। इरान–अमेरिका दुई हप्ते युद्धविराम अप्रिल २२ गते समाप्त हुँदैछ।
इरानले लेबनानसहित मध्यूर्वमा युद्धविराम नभएसम्म होर्मुज जलघाँटी खुला नगर्ने घोषणा गरेको थियो। लेबनानमा पनि युद्धविराम भएपछि इरानले जलमार्ग खुला गरेको हो।
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया