बिएल संवाददाता
प्रविधि क्षेत्रमा ठूलो फड्को मार्दै चीनको अग्रणी स्मार्ट उपकरण निर्माता कम्पनी अनर द्वारा विकसित मानवरूपी रोबोट ‘लाइटनिङ’ले बेइजिङ स्थीत ई–टाउन ह्युमनोइड रोबोट हाफ म्याराथनको उपाधि जितेको छ।
आइतबार सम्पन्न उक्त प्रतिस्पर्धामा लाइटनिङले ५० मिनेट २६ सेकेन्डको उत्कृष्ट समय निकाल्दै स्वर्ण पदक जितेको हो। बेइजिङको यिझुआङ जिल्ला (ई–टाउन) मा आइतबार बिहान ७ः३० बजे सुरु भएको यो म्याराथन २१.०९७५ किलोमिटर लामो थियो।
यस प्रतिस्पर्धामा स्वायत्त नेभिगेसन र रिमोट कन्ट्रोल गरी दुईवटा विधा समावेश गरिएको थियो। दुवै विधाका रोबोटहरूले एउटै मार्गमा प्रतिस्पर्धा गरे तापनि नतिजा गणना गर्दा स्वायत्त नेभिगेसनलाई १.० र रिमोट कन्ट्रोललाई १.२ को भारित गुणांक दिइएको थियो।
यस प्रतिस्पर्धामा अनर कम्पनीका रोबोटहरूले वर्चस्व जमाउँदै शीर्ष तीनवटै स्थान हासिल गर्न सफल भए। अनरको चितियान दासेङ टोलीले पहिलो स्थान हासिल गर्यो भने लेइतिङ सान्दियान टोली ५० मिनेट ५६ सेकेन्डका साथ दोस्रो र सिङहुओ लियाओयुआन टोली ५३ मिनेट १ सेकेन्डमा दौड पुरा गर्दै तेस्रो भयो। शीर्ष तीनवटै विजेताहरू स्वायत्त नेभिगेसन विधाका थिए।
अर्कोतर्फ, रिमोट कन्ट्रोल विधाबाट अनरकै जुइयिङ चितु टोलीको रोबोटले सबैभन्दा छिटो ४८ मिनेट १९ सेकेन्डमा निर्धारित दूरी पार गरेको थियो। तर, खेलको भारित नियमअनुसार यसको नेट समय ५७ मिनेट कायम गरिएपछि यो शीर्ष तीनमा पर्न सकेन।
यस वर्षको प्रतिस्पर्धामा सहभागी टोलीहरूको संख्यामा पनि उल्लेख्य वृद्धि भएको छ। गत वर्ष २० टोली सहभागी भएकोमा यस वर्ष १०० भन्दा बढी टोलीहरूले भाग लिएका थिए। गत वर्षको विजेता तियाङगोङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा दौड पुरा गरेको थियो, जसको तुलनामा यस वर्षको नतिजाले रोबोटिक प्रविधि, सन्तुलन, र एल्गोरिदममा भएको तीव्र विकासलाई दर्शाउँछ।
सहभागी रोबोटहरूले पहिलेको तुलनामा अझ स्थिर चाल, लामो समयसम्म टिक्ने क्षमता र परिष्कृत दौड शैली प्रदर्शन गरेका थिए। यो सफलताले भविष्यमा मानवरूपी रोबोटको प्रयोग खेलकुद र अन्य शारीरिक श्रमका क्षेत्रमा अझ प्रभावकारी हुने संकेत गरेको छ।
—सीसीटीभी
बालेनको अभिव्यक्तिपछि उब्जिएको परिस्थिति
‘प्रिय तिमीले एक्लो बनायौ’
काभ्रे बस दुर्घटनासम्बन्धी छानबिन गर्न समिति गठन
गाउँ र आमाहरू
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
भोइस अफ नेपालदेखि ‘कर्णाली तिर’सम्मको : आवाज बनेका अर्जुन सुनार
ब्राजिललाई मोरक्कोको चुनौती
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया