दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गरिएकाे रिट सर्वोच्चद्वारा खारेज

File Photo
File Photo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा दायर भएकाे बन्दी प्रत्यक्षीकरणको रिट खारेज भएको छ।

बुधबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरेको हो।

सर्वोच्चले खारेज गर्दै विपक्षीको नाममा निर्देशानात्मक आदेश जारी गरेको छ। सर्वोच्चकाे उक्त आदेशपछि प्रसाईं थुनामै रहने भएका छन्। 

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनले छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए।

‘फेक डकुमेन्ट’को सहारामा प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा भ्रामक र गलत जानकारी फैलाएको आरोपमा प्रसाईंलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)काे टाेलीले यही मंसिर ४ गते भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको थियाे।

प्रकाशित मिति: : 2024-11-27 16:33:00

प्रतिकृया दिनुहोस्