बिएल संवाददाता
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। मंगलबार दिउँसाे पौने १ बजेतिर उनी आफ्नै घर भक्तपुरबाट पक्राउ परेका हुन्।
उनलाई प्रहरीकाे केन्द्रीय अनुसन्धान व्यूराे (सिआइबी)को टोलिले पक्राउ गरेको हाे। प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाएका थिए।
कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको उनकाे आरोप थियाे। साथै उनले ओलीको लगानी रहेको हस्ताक्षरसहितको कागजात पनि सार्वजनिक गरेका थिए।
उक्त आक्षेपसहित कागजात सार्वजनिक गरेपछि प्रसाईंलाई प्रहरीले पक्राउ गरेको हाे। उनले कागजात खोज्नका लागि १ कराे बढी खर्च गरेकाे पनि भनेका थिए। प्रसाईंका ती भिडिओ अहिले सामाजिक सञ्जालमा शेयर भइरहेका छन्।
तर त्यो कागजात फेक रहेको नेकपा एमालेका नेताहरूले भनिरहेका छन्। प्रहरीले पनि ती कागजात फेक भएको भन्दै प्रसाईंलाई साइबर अपराधमा पक्राउ गरेकाे हाे।
उनी गत असोज ६ गते पनि साइबर अपराध कसुरमा पक्राउ परेका थिए। तर असोज १५ गते दुइवटा मुद्दामा ५०/५० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया