धितोपत्र बोर्डका अध्यक्ष श्रेष्ठले गरे पदबहाली, नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने प्रतिबद्धता

Break n Links
Break n Links

नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदबहाली गरेका छन्।

बुधबार खुमलटारस्थित धितोपत्र बोर्डको कार्यलयमा पुगेर नवनियुक्त अध्यक्ष श्रेष्ठले पदबहाली गरेका हुन्।

श्रेष्ठलाई बोर्डका कर्मचारीहरुले फूलमालासहित स्वागत गरेका थिए।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेकाे थियाे। उनलाई मंगलबार साँझ अर्थमन्त्री विष्णु पौडेलले बोर्डकाे अध्यक्ष नियुक्त गरेका हुन्। धितोपत्र बोर्डले ११ महिनापछि अध्यक्ष पाएको हो।

पदबहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले चुनौतीहरुको थुप्रोको बीचमा ठूलो जिम्मेवारीकोसाथ आफू आएको भन्दै विशेष गरेर नेपालमा क्यापिटल मार्केटको दायरा बढाउँदै लैजाने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।

उनले क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा धेरै योगदान गर्ने भएतापनि यसको सदुपयोग गर्न नसकेको भन्दै अधिकतम प्रयोग गर्नेगरी काम गर्ने उद्देश्यकोसाथ आफू आएको पनि बताए।

उनले भने, ‘ठूलो जिम्मेवारीकोसाथ आएको छु। चुनौतीहरुको थुप्रो छ। नेतृत्वको अभावमा अड्केका कामहरु पनि त्यत्तिकै छन्। मैले विशेष गरेर क्यापिटल मार्केटको दायरा नेपालमा बढाउँदै लैजानुपर्ने छ। लगानीकर्ताको सुरक्षा पहिलो प्राथमिकताको कुरा हो। त्यसलाई मध्यनजर गर्दै काम गर्नुपर्छ, त्यसमा क्यापिटल मार्केटले देशको अर्थतन्त्रमा गर्ने योगदान धेरै छ। तर हामीले यसको सदुपयोग गर्न सकेको छैनौँ। क्यापिटल मार्केटलाई कसरी हामीले अधिकतम प्रयोग गर्न सक्छौँ भनेर मध्यनजर गर्दै काम गर्ने उद्देश्यकोसाथ आएको छु।’

प्रकाशित मिति: : 2024-11-27 11:46:00

प्रतिकृया दिनुहोस्