पाकिस्तानकाे उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको कूराम जिल्लामा साम्प्रदायिक हिंसा हुँदा ८८ जनाकाे मृत्यु भएकाे छ।
गएकाे बिहीबारदेखि यहाँ सिया र सुन्नी समुदायबीच द्वन्द्व भएकाे थियो। बिहीबार यहाँ यात्रुबहाकबसमाथि बन्धुकधारीले गोली चलाउँदा ४० जना भन्दा बढीकाे मृत्यु भएको थियो।
त्यसपछि यहाँ सिया र सुन्नी समुदायबीच हिंसा भड्किँदा मृत्यु हुनेकाे संख्या ८८ पुगेकाे अन्तराष्ट्रिय सञ्चारमाध्यमले खबर लेखिरहेका छन्।
यहाँ दुई समुदायबीच भएकाे हिंसात्मक आक्रमण रोकिएकाे छैन। जसले गर्दा मृतकको संख्या थप बढ्ने समाचारहरूमा जनाइएकाे छ।
यस क्षेत्रमा भूमिको स्वामित्वलाई लिएर दशकौंदेखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ।