बन्धुकधारीकाे आक्रमणबाट पाकिस्तानमा ४० बढीकाे मृत्यु

पाकिस्तानको उत्तर पश्चिमी क्षेत्रमा अज्ञात बन्दुकधारीले यात्रुबाहक बसमाथि गरेको आक्रमणमा परी ४० भन्दा बढीको मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना मिहला रहेकाे हालसम्म पुष्टि भएकाे छ। आक्रमणमा परी दर्जन बढी घाइते भएका छन्। 

खैबर पख्तुनख्वा प्रान्तको कूराम जिलाको ओचट क्षेत्रमा बिहीबार बसमाथि आक्रमण भएकाे थियाे। बन्दुकधारीले पहिला प्रहरीलाई आक्रमण गरेका थिए। त्यसपछि यात्रुहरू चढेकाे बसमा गोली चलाइएकाे थियाे। जहाँ करिब २०० सवारी साधन भएकाे अन्तराष्ट्रिय समाचार संस्थाले लेखेका छन्। 

घटनापछि, राष्ट्रपति आसीफ अली जरदारी र प्रधानमन्त्री शहबाज शरीफले आक्रमणको कडा शब्दमा निन्दा गरेका छन् र घाइतेहरूलाई उच्च गुणस्तरीय चिकित्सा सुविधा उपलब्ध गराउन निर्देशन दिएका छन्। 

घटनाकाे अहिलेसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। तर यस क्षेत्रमा भूमिको स्वामित्वलाई लिएर दशकौंदेखि शिया र सुन्नि मुश्लिम हतियारधारी समूहबीच विवाद रहँदै आएको छ। 

प्रकाशित मिति: : 2024-11-22 08:12:00

प्रतिकृया दिनुहोस्