स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन्।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झण्डा र लाउडस्पिकर बोकाएका छन्।
प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ। विद्यालय बन्द भएको बेला पारेर दलहरूले बालबालिकालाई प्रयोग गरेका हुन्।
प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ। विद्यालय बन्द भएको बेला पारेर नेकपा माओवादी केन्द्रले बालबालिकालाई प्रयोग गरेका हुन्।
हेटौँडा १२ मा नेकपा माओवादी केन्द्रले घरदैलो अभियानमा आएका एक ८ वर्षीय किशोरले रमाइलोका लागि प्रचारप्रसारमा आएको बताए।
‘स्कुल बन्द छ, गाउँभरका सबै मान्छे घुम्न आए, त्यही भएर रमाइलो गर्न साथीसँग आएका हौँ, यस्तो गर्नु हुँदैन भन्ने थाहा भएन, अरुले जस्तै झण्डा बोकियो, टिसर्ट लगायौँ,’ उनले भने।
यसअघि नेकपा एमालेले पनि हेटौँडा १२ मा विभिन्न स्थानमा निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको थियो। अहिलेसम्म हेटौँडा–१२ बाट यस्तोबारे उजुरी केही नआएको मुख्य निर्वाचन अवानी मैनाली भट्टराईले बताए।
‘यसबारे दलका प्रतिनिधिसँग संवेदनशील रुपमा आवश्यक छलफल भइरहेको छ, यसबारे केही उजुरी भने आएका छैनन्’, उनले भने।