काठमाडौंस्थित सिनामंगलको होटल जन्मभूमिमा मृत भेटिएका युवायुवती श्रीमान–श्रीमती रहेको खुलेको छ।
मृत भेटिनेमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी श्रीमती २९ वर्षीया शर्मिला माझी रहेकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
होटलको चौथो तलाको बरण्डामा आइतबार बिहान उनीहरू झुण्डिएको अवस्थामा मृत फेला परेका थिए। उनीहरूकाे साथबाट पासपोर्ट पनि फेला पारेको छ।
प्रहरीका अनुसार उनीहरू दुबैजना हिजो मात्रै क्यानडाबाट नेपाल आएकाे खुलेको छ।
क्यानडा गएकाे २ वर्षपछि हिजो शनिबार काठमाडौँ आएकाे उनीहरू होटलकाे चौथो तलाको १२० नम्बर कोठामा बसेका थिए।
कपडाकाे पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले आत्महत्या गरको हुनसक्ने प्रहरीकाे आशंका छ।
काठमाडौँ परिसरका अनुसार त्रिवि शिक्षण अस्पतालको फरेन्सिक टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।