सहकारीकाे रकम अपचलनमा कास्की प्रहरीकाे हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराइएकाे छ।
कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज बिहानै अदालतमा उपस्थित गराइएकाे हो।
उनीमाथि सहकारी ठगी, सम्पत्ति र संगठित अपराधमा अनुसन्धान भइरहेको छ।
लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए।