बिएल संवाददाता
काठमाडाैँ महानगरपालिका वडा नं. १ दरबारमार्गमा फाेहाेर गरेकाे भन्दै काठमाडाैँ महानगरपालिकाले नेकपा (एमाले)लाई एक लाख रुपैयाँ जरिवाना तिराएकाे छ।
खुला सडकमा जागरणसभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथभावी फाेहाेर मैला गरी वातावरण प्रदूषण गरेकाेमा महानगरले शुक्रबार एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेकाे हाे।
‘फाेहाेर मैला व्यवस्थापन ऐन २०६८ र काठमडाैँ महानगरपालिकाकाे आर्थिक ऐन २०८१’ बमाेजिम साे जरिवाना गरिएकाे महानगर प्रहरी बलले जनाएकाे छ।
एमालेले आज (शुक्रबार) प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीकाे प्रमुख आतिथ्यतामा जागरणसभा गरेकाे हाे। पार्टीप्रति लागेका भ्रम चिर्ने र जनतामा आशा जगाउने भन्दै गरिएकाे पार्टीले फाेहाेर व्यवस्थान नगरेकाे भन्दै सामाजिक सञ्जालमा पनि चर्काे आलाेचना भइरहेकाे छ।

माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया