अन्डर वर्ल्ड नेटवर्कको अन्डरकभर एजेन्ट भन्दै रकम असुली गरेको आरोपमा प्रहरीले एक डाक्टरलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भोजपुरको भोजपुर नगरपालिका-११ घर भई ललितपुरकाे ग्वार्कोस्थित सानो गाउँमा बस्ने ३२ वर्षीय डा. आशिष दाहाल रहेका छन्।
उनले काठमाडौँ उपत्यकामा ह्वाटस्एपमार्फत आफूलाई अन्डर वर्ल्ड नेटवर्कको एजेन्ट भएको उल्लेख गर्दै विभिन्न व्यक्तिहरूबाट रकम असुली गर्दै आएको प्रहरीले बताएकाे छ।
९८०९७०५२१५ नम्बरको प्रयोग गरेर भाडामा डन लिएर मारिदिने भन्दै काठमाडौँमा विभिन्न व्यापारीलाई धम्काउने गरेका थिए। उनले धम्की दिएकाे उजुरीपछि प्रहरीले डा. दाहाललाई पक्राउ गरेकाे हाे।
पक्राउ परेका डा. दाहालले ५० हजारदेखि रु २ लाखा रूपैयाँसम्म रकम माग गर्दै आएका थिए। उनी एमबीबीएस डाक्डर हुन्।
तर उनी अमेरिका गएर जुवामा पैसा हारेपछि नेपाल आएर रकम असुलीमा लागेकाे प्रहरी स्राेत बताउँछ।