बिएल संवाददाता
विद्युतीय कारोबार (साइबर अपराध) मुद्दामा पक्राउ परेका दुर्गा प्रसाईंलाई बुधबार काठमाडौं जिल्ला अदालतमा पेस गरिँदैछ। मंगलबार दिउँसो भक्तपुरको कमेरोटारस्थित निजी निवासबाट पक्राउ परेका उनलाई म्याद थपका लागि आज अदालतमा पेस गर्न लागिएको हो।
नेपाल प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी)ले मंगलबार उनको स्वास्थ्य परिक्षण गरेर साइबर ब्युरोको जिम्मा लगाएको छ। प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोप छ। प्रसाईंविरुद्ध साइबर अपराधमा अनुसन्धान अघि बढेको छ। उनीविरूद्ध किर्तेलगायत अन्य कसुरमा पनि अनुसन्धान हुनेछ।
प्रसाईंले कम्बोडियामा रहेको टेलिकम एक्जियाटा कम्पनीमा प्रधानमन्त्री केपी शर्मा ओलीको २१ करोड अमेरिकी डलर लगानी रहेको भन्दै विभिन्न कागजात राखेर भिडियो सार्वजनिक गरेका थिए।
प्रसाईंमाथि पहिलेदेखि नै विभिन्न अपराधमा अनुसन्धान भइरहेको थियो।
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया