राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ।
आज साँझ ५ः३० बजे केन्द्रीय कार्यालय च:मतिमा बस्ने गरी बैठक बाेलाइएकाे उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए।
केन्द्रीय समिति सदस्यहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकमा उपनिर्वाचन, समसामयिक राजनीतिक घटनाक्रमलगायतका विषयमा छलफल हुने बताइएकाे छ।
सहकारी ठगी प्रकरणमा पक्राउ परेका पार्टी सभापति रवि लामिछाने हाल प्रहरी हिरासतमा छन्। सभापतिकाे अनुपस्थितिमा उपसभापति बैठक बाेलाएका हुन्।